स्वास्थ्य बिमागरेका बिमितले अब रास्काेट सामुदायिक अस्पताल बाटै सेवा पाउने
कालिकोट
रास्कोट अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम संचालनका लागि स्वास्थ्य बिमा बोर्ड र रास्कोट अस्पताल बिच आधिकारिक्ता सम्झैता भएसँगै यहि मिति २०८१भदाै
१ गते बाट रास्कोट नगरपालिकाकाे सामुदायिक अस्पताल बाटै सेवा प्रवाह हुने भएको छ ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको सामुदायिक अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ । नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डले रास्कोटको नगर अस्पतालबाट पनि बिमितलाई उपचार सेवा दिने भएको हो ।
रास्कोट अस्पताल र स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न बिमा बोर्डले २०७९ साल देखि प्रयास गरेको गरेता पनि कारण वस केही ढिलो हुँदा नागरिकहरू सेवा पाउनबाट वञ्चित हुँदै आएका थिए पछिल्लो समय नगरप्रमुख धर्मराज शाहीले स्वास्थ्य बिमा गर्ने सहमति जनाएपछि अस्पताल र बिमा बोर्ड बिच आधिकारिक सम्झौता गर्न सफल भएको नगर प्रमुख शाहीले बताएका छन ।
अस्पतालमा आयाेजित एक कार्यक्रमकाे बिच स्वास्थ्य बिमा बाेर्ड कालीकाेट शाखा र नगरपालिका बिच स्वास्थ्य बिमा बिमितले उपचार गर्न पाउने सहमति पत्रमा अस्पताल व्यवस्थापक काैशल न्याेपाने र बिमा बाेर्डका संयाेजक सर्पराज राेकाया बिच हस्ताक्षर भएकाे थियाे ।
अब स्वास्थ्य बिमा गरेका बिमितहरुले रास्काेट सामुदायिक अस्पताल बाटै सेवा पाउने भए पछि जिल्ला अस्पताल जाने समय र खर्चको भार काम हुने भएकाे छ ।
पलाँता , पचालझरना र सान्नीत्रिवेणी गाउँपालिका, बिमा गरेका नागरिकले नागरिकले रास्कोट अस्पतालबाटै सेवा लिन पाउने भएका छन ।
स्वास्थ्य बिमा गरेका नागरिकहरुले बार्षिक एक लाख सम्मकाे उपचार गर्न पाउने छन ।