काठमाडौं
बागमती प्रदेश सरकारले मन्त्रालय बिभाजन गरेकाे छ ।
संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनाएको छ ।
विना विभागीय मन्त्री श्रेष्ठलाई मन्त्रिपरिषद्को बैठकले जिम्मेवारी प्रदान गर्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिएका छन।
मुख्यमन्त्री बहादुर लामा नेतृत्वको सरकारले
सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनाए पछि
मन्त्रालयको सङ्ख्या १४ पुगेकाे छ ।