कालिकोट
स्वास्थ्य सिबिर मार्फत रास्काेट नगरपालिका नगरवासिकाे स्वास्थ्य परिक्षण गर्ने भएको छ ।
रास्काेट नगरपालिकाले ४ बर्ष देखि १८ वर्षसम्मका बालबालिकाहरुकाे मुटुराेग उपचारको लागि परिक्षण सुरुगरेकाेछ ।
मनमाेहन कार्डियाेथेरापि काठमाडौंकाे सहयोग र रास्काेट नगरपालिकाकाे सहजिकरणमा सिबिर सुरुभएकाे हाे ।
मुटुराेग सम्बन्धि उपकरण सहित मुटुराेग विशेषज्ञ डाक्टरहरुकाे एक टाेलि रास्काेट नगरपालिकामा पुगि श्री पञ्च आधारभुत विद्यालयबाट बालबालिकाहरुकाे मुटुराेग परिक्षण सुरु गरिएकाे नगर प्रमुख धर्मराज शाहीले जानकारि दिएका छन ।
प्रमुख शाहीका अनुसार मुटुराेग सम्बन्धि समस्या देखिएका
बालबालिकाहरुलाई उपचारकाे निम्ति सुबिधा सम्पन्न अस्पतालहरुमा सामान्य चेकजाँच गर्न आर्थिक समस्या समेत हुने भएकाले बालबालिकालाई मध्य नजर गर्दै सिबिरकाे सुरुवात गरेकाे बताएका छन ।
यस अघि पनि नगरपालिका र जुम्ला अस्पतालकाे सहयोग मा स्त्रीरोग तथा प्रस्तुति राेग एवं हाडजाेर्नि राेग तथा नसाराेग सम्बन्धि सिबिरकाे संचालन गरेकाे थियाे ।
साे सिबिरबाट नगरपालिकाका सयौं नागरिकहरुले सेवा लिएका थिए ।
प्रमुखका अनुसार नगरवासिकाे स्वास्थ्यकाे ख्याल राख्दै यस्तै सिबिरहरु आगामी दिनहरुमा पनि गर्दै जाने प्रतिबद्धता प्रमुख शाहीले जनाएका छन् ।