कालिकोट
नेपाल कम्युनिष्ट पार्टी कालिकोटले ७ जनाको ज्यान जाने गरी पलातामा भएको जिप दुर्घटनाप्रति गहिरो दुख व्यक्त गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेकपाका जिल्ला इन्चार्ज विवेक सी र सेक्रेटरी बलवान सीले आईतवार एक शोक वक्तव्य जारी गरी ७ जनाको ज्यान जाने गरी भएको दुर्घटनाप्रति पार्टीको तर्फबाट गहिरो दुख व्यक्त गर्दै मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हु
नेकपाले शोक वक्तव्यमा भनेको छ ‘दर्दनाक दुर्घटनाले हाम्रो पार्टीलाई स्तव्ध बनाएको छ, घटनामा मृत्यु हुने सम्पूर्ण मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै मृतकका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछ, र सम्पूर्ण घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’
नेकपाले पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा राहत दिन र घाईतेहरुको शिघ्र उपचार गर्न सम्वन्धित निकायलाई अपिल गरेको छ ।
नेकपाले सो दुर्घटनामा आफ्नो पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य पदम बम (प्रशान्त सी) सहित पलाता–६ की दसकला शाही, भगवती रोकाया, गणेश शाही, पलाता–५ की छाया शाही। पलाता–३ का दमन रोकाया र सल्यान घर भएका ४५ वर्षीय जिप चालक धनिराम रावतको दुखत निधन भएकोमा मर्माहित भएको जनाएको छ ।
नेकपाले दिउसो साढे २ बजे पलाताको खिनबाट थ्रिपु आउदै गरेको डबल क्याप बोलेरो जिप राडुनेटा र काप्रेखोलाको बिचमा ओभर लोडका कारण दुर्घटना भएको शोक वक्तव्यमा उल्लेख गरेको छ ।
नेकपाले आउदा दिनमा यस्ता दुर्घटना न्युनिकरणका लागि सम्वन्धि निकाय सचेत हुनुपर्ने भन्दै गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।
बिज्ञप्ति