< Skip to content
२०८१ मंसिर ७ शुक्रबार
२०८१ मंसिर ७ शुक्रबार

विप्लवद्वारा अर्घाखाँचीको सितङ्गामा रहेको जनकम्युनको अवलोकन

अर्घाखाँची

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अर्घाखाँचीको सितङ्गा नगरपालिकामा सञ्चालनमा रहेको कृषि जनकम्युनको अवलोकन गरेका छन् ।आइतबार महासचिव विप्लव ,नेकपा पीबीएमहरु भेषराज सी, प्रज्वलन सी, केन्द्रीय सदस्यहरु सुन्दर सी, सुदर्शन सी, प्रयास सी र केन्द्रीय प्रतिनिधि सदस्य विमर्श सी लगायतको सहभागितामा कम्युनको अवलोकन गरिएको हो।

करिब ४ बिघा क्षेत्रफल जमिनमा आलु खेती गरिएको उक्त जनकम्युनले गरेका कामहरू, सिकाइहरु र संभावनाबारे कम्युनका सदस्यहरुको अनुभवबारे जानकारी लिने उदेश्यले विप्लवसहितको नेताहरुको टोलि अर्घाखाँची पुगेको हो।

अवलोकन गर्न गएको नेताहरूको उक्त टोलिले कम्युनमा श्रम गरेको थियो भने स्थानीयहरुले स्वागत गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टीले हिउँदे सिजनमा ५० बिघा जमिनमा आलु खेती गर्ने लक्ष्य राखेको छ भने अन्य तरकारी,गहुँ , माछापालन लगायतका अन्य खेतीहरु देशका विभिन्न ठाँउमा
भैरहेका छन् ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।