< Skip to content
२०८१ मंसिर ७ शुक्रबार
२०८१ मंसिर ७ शुक्रबार

कालीकोटको पलाँता राडूनेटामा बोलेरो गाडी दुर्घटना हुँदा चालक सहित ७ जनाको मृत्यु  १२ जना घाइते

सुर्खेत, कार्तिक २५

कालीकोटको पलाँता गाउँपालिका-३ राडूनेटामा बोलेरो गाडी दुर्घटना हुँदा चालक सहित ७जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
गाडीमा सवार १९ जनामध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको र गाडी चालकको प्रदेश अस्पताल सुर्खेत पुगिसके पछि मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बाँकी १२ जना घाइते छन् ।

पलाँताको थिर्पूबाट १९ जना यात्रु बोकेर गएको बोलेरो आइतबार दिउँसो साढे दुई बजे दुर्घटना भएको थियो । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेरो गाडी सडकबाट ५०० मिटर तल खसेको छ ।

उद्धारका लागि स्थानीय र नेपाल प्रहरीकाे सहयोगमा उद्धार भइरहेको छ । भने घाइतेलाई उपचारको लागि नेपाल आर्मीकाे हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा ल्याई  उपचार हुदै छ ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।