काठमाडौं
२०५० सम्म विश्वमा क्यान्सरबाट मृत्यु हुनेकाे सङ्ख्या दाेब्बर हुने अस्ट्रेलियाको एक अध्ययनले देखाएकाे छ ।
युनिभर्सिटी अफ क्विन्सल्याण्डका हब्तामु बिजुआयेहुकाे नेतृत्वमा अनुसन्धान कर्ताहरुले १८५ देशका ३६ प्रकारका क्यान्सर राेगबाट मृत्युदरकाे विश्लेषण गर्दा २०५० सम्म साे राेगबाट मृत्युहुनेकाे संख्या दाेब्बर हुन सक्ने बताएकाे छ ।
सन २०२२ मा दुई कराेड जनामा क्यान्सर भएका लागेकाे थियाे भने २०५० सम्म तीन कराेड ५३ लाख पुग्न सक्ने संयुक्त राष्ट्रसङ्घको मानव विकास सूचकाङ्क (एचडीआई) मा कम वरियता भएका देशहरूमा सन् २०५० सम्ममा क्यान्सरका बिरामी र मृत्यु दर तीन गुणाले बढ्ने अनुमान गरिएको छ ।
सन २०५० सम्म फाेक्साेकाे क्यान्सर बाट मृत्यु हुने प्रमुख कारण हुन सक्ने बतायिएकाे छ ।
सन् २०२२ मा १८.७ प्रतिशत रहेको थियो । सन् २०२२ देखि २०५० को बीचमा महिलाको तुलनामा पुरुषहरु बढि क्यान्सरबाट मृत्यु हुने युनिभर्सिटी अफ क्विन्सल्याण्डकाे
अध्ययनले देखाएको छ ।
विभिन्न खानेकुराहरुमा क्यामिकल युक्त पदार्थहरुकाे प्रयाेगले गर्दा र कृषि क्षेत्रमा काम गर्ने कृर्षकहरुले विषादीहरुकाे प्रयाेगले स्वासप्रस्वास सम्बन्धि राेगलाग्ने
अनुसन्धानकर्ताले प्रक्षेपण गरेका छन ।