भारत
भारतीय वायुसेनाको मिग–२९ लडाकु विमान दुर्घटनामा परेको छ ।
उक्त विमान सोमबार उत्तर प्रदेशको आग्रानजिक दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विमानमा रहेका दुबै पाइलट सकुशल रहेका छन ।
पाइलट र सह–पाइलट दुबै इजेक्ट गर्न सफल भए र दुर्घटनास्थलबाट करिब दुई किलोमिटर टाढा रहेका क्षेत्रहरूमा सुरक्षित उत्रेकाे भारतिय सञ्चारमाध्यम इन्डिया टीभी न्युज डट् कमले उल्लेख गरेकाे छ ।