अल्माेडा बस दुर्घटनामा मृर्तककाे संख्या ३७ पुग्याे सरकारले दुई लाख राहत दिने
देरादुन भारत
भारतको उत्तराखण्डमा सोमबार भएको एउटा बस दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्एर ३७ पुगेकाे छ ।
उत्तराखण्ड राज्यकाे अल्माेडा जिल्लाकाे मार्चुला भन्ने ठाउँमा साेमबार बिहान ८:३० बजे दुर्घटना भएकाे थियाे ।
शाेक व्याक्त गर्दै भारतीका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा परि ज्यान गुमाएका परिवारलाई दुई लाख भारतिय रुपैया दिने र घाइते भएकालाई ५० हजार सहयोग गर्ने प्रधानमन्त्री कार्यालयबाट जारि विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
साे दुर्घटनामा गम्भीर घाइते भएका तिन जनालाई हेलिकप्टर मार्फत उद्धार गरि देरादुन लगिएकाे थियाे ।
अल्मोडा बजार नजिकै रहेकाे जंगलमा भएको दुर्घटनाकाे अनुसन्धान गर्न निर्देशन उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दिएका छन ।