< Skip to content
२०८१ मंसिर ७ शुक्रबार
२०८१ मंसिर ७ शुक्रबार

समाजवादका निम्ति एकता आवश्यक छ आवश्यक छः एटम सी

कार्तिक, कालिकोट

। नेपाल कम्युनिष्ट पार्टीका पिविएम एटम सीले समाजवादका लागि माओवादी एकता जरुरी भएको बताउनु भएको छ ।
शुक्रवार नरहरिनाथ गाउँपालिकामा परिवर्तनशील युवा मञ्चले आयोजना गरेको ‘रुपान्तरित माओवादी एकता, आजको आवश्यकता‘ विषयक अन्तरक्रिया तथा तिहार विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेकपाका पोलिट व्यूरो सदस्य एटम सीले यस्तो कुरा बताउनु भएको हो ।
उहाँले माओवादीहरु बैज्ञानिक समाजवाद वा नेपाली विशेषताको समाजवादका लागि रुपान्तरण भएर एकताबद्ध हुनुपर्नेमा जोड दिनु भयो ।
उहाँले भन्नु भयो ‘हामी माओवादीहरु विग्रिएका छौ, जनतातिर फर्किएका छैनौ, जनयुद्धको वास्तविक सपना पुरा भएको छैन, त्यसै भएर अब सबै माओवादीहरु आ –आफ्नो कमजोरीबाट शिक्षा लिएर रुपान्तरण भएर एकताबद्ध हुन जरुरी छ ।’ उहाँले तिहार विशेष तथा छठ पर्वको अवसरमा सबैमा शुभकामना समेत दिनु भयो ।

कार्यक्रमका अतिथि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन बुढाले नेपाली विशेषताको समाजवाद वा बैज्ञानिक समाजवादका लागि माओवादी एकता अनिवार्य भएको बताउनु भयो ।
उहाँले माओवादीहरु केही विग्रिएको सहि हो तर अब रुपान्तरण भएर एकता गर्न आवश्यक छ भन्नु भयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज विवेक सी, सेक्रेटरी बलवान सी, केन्द्रीय सदस्य रणदिप सी, माओवादी केन्द्रका नेता तुलराज विश्वकर्मा, अग्र बहादुर विष्ट,मनशोभा बुढा लगायतको आतिथ्यता रहेको थियो । कार्यकमको संचालन जीवन विश्वकर्माले गर्नु भएको थियो ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।