< Skip to content
२०८१ मंसिर ७ शुक्रबार
२०८१ मंसिर ७ शुक्रबार

नागढुङ्गा सहकारी संस्थामा बचतकर्ताकाे पाँच करोड हिनामिना

पर्वत – कार्तिक

पर्वतकाे नागढुङ्गा बचत तथा ऋण सहकारि संथाकाे झण्डै पाँच कराेड हिनामिना भएकाे छ ।

पर्वतकाे फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थामा आफ्नो रकम हिनामिना भएकाे भन्दै बचतकर्ताले उजुरिपछि उक्त सहकारिका काेषाअध्यक्ष दिर्घनारायण शर्मालाई पक्रउ परेका छन ।

शर्मा सहित तीनजना विरुद्ध पक्रउ पुर्जी जारि भएकाे थियाे । जसमा सहकारिका अध्यक्ष गिरीनारायण श्रेष्ठ र व्यवस्थापक अनिलबहादुर केसी फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिएका छन ।

सहकारी रजिस्टारको कार्यालय गण्डकी प्रदेशले गरेको छानबिन अनुसार १९ जना प्रतिवादी रहेका र उक्त सहकारीमा ६५० हाराहारीमा बचतकर्ता रहेको प्रहरीले जनाएको छ ।

सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषण गरी हिनामिना भएको रकम एक वर्षभित्र मिलाउन समय दिएको थियो ।

सञ्चालक समिति र व्यवस्थापक मिलेर अपचलन भएको रकम कृत्रिम खातामार्फत कारोबार गर्ने, बचत र शेयर रकमको सफ्टवेटरमा हिसाबै नदेखाउने र व्यक्तिगत रुपमा खर्च गरेर गाउँलेको रकम हिनामिना गरी फरार भएकाे बताएका छन ।

बाख्रापाठा, अन्नपात बेचेर र विदेशबाट कमाएर ल्याएकाे पैसा व्यवस्थापक र सञ्चालक मिलेर झ्वाम पारेका हुन
व्यवस्थापक केसी भने दुई महिना अगाडि नै फरार भैसकेका थिय । अध्यक्ष गिरीनारायण श्रेष्ठ भने केही दिन अघिदेखि फरार भएका हुन् ।

याे सहकारिमा करिब ६५० बचतकर्ताका चार कराेड ८०लाख हिनामिना हुदा बचत कर्ता समस्यामा परेका छन ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।