< Skip to content
२०८१ मंसिर ७ शुक्रबार
२०८१ मंसिर ७ शुक्रबार

सबै कम्युनिष्टहरु अब एक हुनुपर्छः प्रचण्ड

काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र समीक्षा गर्दै सबै कम्युनिष्टहरु अब एक हुनुपर्ने बताएका छन्।

नेकपाका सस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादीले केन्द्रले बुधबार काठमाडौंमा आयोजना गरेको नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रचण्डले यसअघि भएका कमी कमजोरीको आ–आफ्नो पार्टीभित्र गम्भीर समिक्षा गर्दै कम्युनिष्टहरु एक हुनुपर्ने बताएका हुन्।

एकताको कुरा गरेर मात्रै गरेर नहुने भएकाेले मिल्नेजति कम्युनिस्ट तत्काल एक हुने र मिल्न नसके कार्यगत एकताबाट एकीकृत हुनु सुरु गर्नुपर्ने उनले बताए। हरेक कम्युनिस्ट पार्टीले देश र जनताप्रति इमानदार भएर समीक्षा गरे आफ्ना कमजोरी पत्ता लगाउन सकिने प्रचण्डले बताए।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।