< Skip to content
२०८१ मंसिर ६ बिहीबार
२०८१ मंसिर ६ बिहीबार

ओलि सरकार विरुद्ध आन्दोलन गर्ने रवि समर्थककाे चेतावनी

भारत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ पुर्जि जारि भए देखि भारतका विभिन्न ठाउँहरुमा सरकार विरुद्ध नारावाजी र प्रदर्शन भैरहेकाे छ ।

सहकारी संस्थाको बचत रकम दुरूपयोग र संगठित अपराध संसदीय छानबिन समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेको थियो। जसमा रवि लामिछानेको संलग्नता देखिएको भन्दै कारबाहीकाे लागि सिफारिस गरिएको थियो।

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हाे ।

लामिछाने पक्राउ विरुद्ध आज भारतकाे महाराष्ट्र राज्य मिराभाईन्दर नगर समिति सभापति उमेश रेग्मी बाेरिवलि नगर समितिका सभापति सुरेश चनारा राज्य प्रवक्ता लोक राज ढुङगाना राज्य सह महामंत्री जगत रिमाल टिटवाला नगर समिति सभापति नेत्र अधिकारी ,मलाड नगर समिति सभापति विरेन्द्र योगी लगाएत सक्रिय सदस्यहरुले प्रधानमन्त्री ओलि विरुद्ध नारावाजी गर्नुकाे साथै दुईतिहाइ सरकारकाे चर्काे बिराेध गरेका छन।

पक्राउ परेका लामिछाने माथि संगठित अपराध र सहकारी ठगी कसुरमा पाँच दिन म्याद थप गरि अनुसन्धान भैरहेकाे छ ।

धनराज गुरुङ , एमालेका संसद ऋषिकेस पाैडेल ,मानव बेचबिखन जसणताे जघन्य अपराध नक्कली भुटानी शरणार्थी प्रकरण काण्डका आराेपिलाई काँखिमा च्यापेर

देश जनताकाे निम्ति केही गर्न भनेर राजनीति क्षेत्रमा आएकाे एक्लाे लामिछानेलाई दुईतिहाइ सरकारले भयभरकाे बल लगाएर फसाउन खाेज्ने सरकारकाे रबैया बिरुद्ध यस्तै कार्यक्रम चरण वद्ध गर्दै जाने महाराष्ट्र राज्य सभापति राज रोकाया बताएका छन ।

 

 

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।