बाजुरा
बाजुरामा अरिङ्गालकाे टाेकाइबाट गम्भीर घाइते भएका एक जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ ।
बाजुराको बडीमालिका नगरपालिका -५ का ६० वर्षिय डम्बर बहादुर साउदकाे मृत्यु भएकाे छ भने साेहि नगरपालिकाका ६५ वर्षीय अङ्गे बडुवालको घटनास्थलमै मृत्यु भएको थियो ।
असाेज २५ गते अरिङ्गालकाे टाेकाइबाट घाइते भएका साउदलाई भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारकाे लागि लगिएकाे थियाे।
साेहि अस्पतालमा उपचारकाे क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त जानकारी दिएका छन ।
उनी असाेज २५ गते घर देखि आधा घण्टाकाे दुरिमा रहेकाे पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ(छानो) नजिकै अरिङ्गालको घार भत्काउन क्रममा टोकेर उनी गम्भीर घाइते भएका थिय ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएकाे थियाे तर त्यहाँ सम्भाव नभए पछि प्रादेशिक अस्पतालमा रेफर गरिएकाे थियाे । तर आफन्तले उनलाई भारत लगिएकाे उपचारकै क्रममा उनकाे दस दिन पछि मृत्यु भएकाे थियाे ।