< Skip to content
२०८१ मंसिर ७ शुक्रबार
२०८१ मंसिर ७ शुक्रबार

विप्लवले माओवादीलाई ०६४ सालमा फर्काउने भनेकोमा खुसी छुः प्रचण्ड

विप्लवले माओवादीलाई ०६४ सालमा फर्काउने भनेकोमा खुसी छुः प्रचण्ड

३ कार्तिक, चितवन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव विप्लवले माओवादीहरुको एकताले पार्टीलाई ०६४ सालमा फर्काउन सकिने भनेको कुरामा खुसी व्यक्त गरेका छन ।
शनिबार चितवनमा आयोजित ‘बेपत्ता यौद्वा दन्डपाणी न्यौपाने स्मृति साँस्कृतिक कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संगै सहभागी कार्यक्रममा माओवादीलाई ०६४ मा फर्काउन सकिने कुरा विप्लवले गरेकाले खुसी व्यक्त गरेका हुन ।
अध्यक्ष प्रचण्डले एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको भन्दै माओवादीहरुको एकता अनिवार्य भएको बताए ।
उनले जनताको गणतन्त्र र दलालहरुको गणतन्त्र के बनाउने ? भन्ने विषयमा अहिले संघर्ष भइरहेको पनि बताए ।
उनले भने ‘आफूहरु शान्ति सम्झौतामा आउदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने बिषयमा संघर्ष हुन्छ भनेको थिए । अव त्यो विन्दु आयो, आम जनतालाई एकताबद्ध गराउदै समाजवादी क्रान्ति पूरा गर्नेतिर लागौं ।

उनले दण्डपाणी न्यौपाने जनयुद्धको क्रममा बेपत्ता हुने सबैभन्दा माथिल्लो तहको नेता भएको उल्लेख गर्दै आफूसित अत्यन्त निकट रहेर काम गरेको र निरन्तर नेतृत्व विकासमा जोड दिने गरेको बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौं यौद्धाको बलिदानबाट प्राप्त संविधान कसैले दायाँबायाँ गर्न नपाउने बताईन ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले सबै माओवादीहरुसंग एकता जरुरी भएको बताए ।
कार्यक्रममा सामना सास्कृतिक परिवार तथा अन्य विभिन्न कलाकारले गीत नृत्य प्रस्तुत गरेका थिए ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।