प्रदेशि गजल~
—————————-
नत दशै नत तिहार प्रदेशमा हुनेलाई !
जीवन लाग्छ बेकार प्रदेशमा हुनेलाई !!
चाडवाड आउँदा घर जान नपाउँदा खेरी !
मन उदासिन्छ लगातार प्रदेशमा हुनेलाई !!
तस्बिर हेर्दै बिगत सम्झि टोलायर बसे!
यादनै बाच्ने आधार भो प्रदेशमा हुनेलाई !!
धन पैसा नै सबै थोक कहाँ हुदो रहेछ !
रित्तो लाग्छ संसार यो प्रदेशमा हुनेलाई !!
काम गर्नेपर्ने हुन्छ यहाँ बिरामी भएनि!
दु:ख पीडा सधै उस्तै प्रदेशमा हुनेलाई !!
देशको माया अति लाग्छ प्राणभन्दा बढी !
धन मात्र ठुलो रहेनछ प्रदेशमा हुनेलाई !!
नत दशै नत तिहार प्रदेशमा हुनेलाई !
जीवन लाग्छ बेकार प्रदेशमा हुनेलाई !!
~~~~~~~~~~~~~~~~~~
उही प्रदेशी (महेन्द्र शाही Mp)
बिरानो सहर मुम्बई
~~~~~~~~~~~~~~~~~~