< Skip to content
२०८१ मंसिर ७ शुक्रबार
२०८१ मंसिर ७ शुक्रबार

रातोटीका पहेँला जमराले सजिने चाड हो बडा दशैं – महेन्द्र शाही

बडा दशै गजल मार्फत

रातोटीका पहेँला जमराले सजिने चाड हो बडा दशैं।
सबै दु:ख पीडाहरु भुलेर रमाउने तियार हो बडा दशै।।

सबै दाजुभाईहरुमा खुशी साटासाट गरि पिङ खेल्ने।
पिर मर्का बिर्सेर आकाशमा उड्ने चाड हो बडा दशै।।

निधारमा राताटीका अनि कानमा पहेँला जमरा लगाई।
ठुला मान्यजनबाट आशीर्वाद लिने चाड हो बडा दशै।।

हरेक वर्षमा एकचोटी आउने हर्ष खुसियाली छाउने।
सम्पुर्ण नेपालीहरुको महान तियार चाड हो बडा दशै।।

सात समुन्द्र पारी भएकाहरु पनि घर आउने गर्छन।
सबै आफन्तमा भेटघाट गराउने चाड हो बडा दशै।।
रातोटीका पहेँलो जमराले सजिने चाड हो बडा दशै।
सबै दु:ख पीडाहरु भुलेर रमाउने चाड हो बडा दशै।।

बडा दशै २०८१ को उपलक्ष्यमा नेपाली आमा बुवा, दाजुभाई, दिदीबहिनी, आफन्तजन, लगायत सम्पुर्ण जनसमुदायमा मीठो सम्झना, सहित, सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।।

याे गजलका लेखक हाल मुम्बईमा आफ्नाे कर्म थलाे बनाएर बस्दै आउनु भएकाे छ।

उहाँ एमालेको प्रवास संगठन प्रवासी नेपाली संघ भारतको केन्द्रीय सदस्य हुनुहुन्छ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।