< Skip to content
२०८१ मंसिर ७ शुक्रबार
२०८१ मंसिर ७ शुक्रबार

कर्णाली समाजवादी मञ्च : सम्भावना र चुनौती – रणदिप सी

 

 

ईतिहास सकारात्मक होस या नकारात्मक यथास्थिती मा रहदैन यो बैज्ञानिक सच्चायाई हो । परापुर्ब कालदेखी कर्णाली ले आफ्नै गौरबपुर्ण ईतिहास रचेको छ ।

भाषा सभ्यता र मौलिक सस्कृतीको छुट्टै पहिचान कर्णाली को पहिचान हो भौगलिक रुपमा विशाल कर्णाली राज्य हुदा हुने संघर्ष ले कति गुमाउनु प-यो वा कति प्राप्त ग-यो यो अध्यन र बहसको बिषय छ तर पनि कर्णाली ले आफ्नो पहिचान गुमाएको छैन ।

बिगत कालमा काठमाण्डौ केन्द्रित राज्यको बखत भेदवावपुर्ण व्यवहार खेप्दै आएको कर्णाली ले केही कुपात्र र धेरै पात्रहरुलाई जन्मदिदै आएको छ । पुर्ण अधिकारको लडाई का निम्ति बिगतका परिबर्तनको लडाईमा किन नहोस वा अबका अधिकार प्राप्तीका लडाईहरुमा शशक्त उपस्थिती जनाईरहेको छ ।

हजारौ वीर बिरंगनाहरुको बलिदानको ईतिहास कोरेको कर्णाली ले संसदिय गणतन्त्रमा समेत असमानता खेप्नु परेको पीडा को घुम्टो भित्र समाजवादको सपना देखेर लम्किरहेको छ । बर्तमानमा नेपाली जनताले झेल्नु परेको समस्या बाट कर्णालीपनी अछुत्तो छैन ।

दलालपुजिवाद ले संसदिय गणतन्त्रको घेरा मा कैदगराएर ब्यबस्थाको बिकल्पमा बन्देज लगाउने दुश्प्रयत्न गरिरहेको छ । जुन निकै असंम्भव प्रायस हो । यो संसारमा जे जतीपनी बस्तुहरुछन, जतिपनी घटनाहरु छन तिनीहरु परिबर्तनशिल छन , बिकास र बिनासको प्रकृयामा छन कुनैपनी हालतमा स्थिर छैनन र रहदैनन् ।
संसारमा रहेका हरेक बस्तुहरु , हरेक घटनाहरु र हरेक बिषयहरु परिबर्तनशिल छन् भन्ने बैज्ञानिक सच्चाईलाई मान्ने हो भने कर्णाली न हिजोको अबस्थामा छ न आजको अबस्थामा रहन्छ यस्ले आफ्नो अधिकार को खोजिमा नयाँ नयाँ बैज्ञानिक र बस्तुवादी बिकल्पको खोजि गरिरहेको छ भन्ने कुराको यथस्ट प्रमाण को रुपमा कर्णाली समाजवादी मञ्च लाई लिन सकिन्छ ।
हाल कर्णाली प्रदेशमा कायम रहेका १० वटा जिल्लाको साझा नेटवर्क को रुपमा यो कर्णाली समाजवादी मञ्च लाई हेरिएको छ । कर्णालीमा रहेका बौद्धिक ब्याक्तित्व , समाजसेवी ,बुद्धिजीवी, राजनितिक ब्याक्तित्व ,नागरिक समाज, मानबअधिकार कर्मी , र सुरक्षा कर्मी समेत ले यस मञ्चको बिषयमा छोटै समयमा चासो का साथ हेरिरहेका छन् । केहो समाजवादी मञ्च ? समाजवादी मञ्चमा को को अटाउछन ?
किन आबश्यक प-यो समाजवादी मञ्च? यस्का सम्भावना र चुनौतीहर के हुन? जस्ता प्रश्न हरुले उत्तरको माग गरिरहेका छन ।यो लेख यिनै बिषयबस्तु संग सम्बन्धित रहेको छ ।

केहो कर्णाली समाजवादी मञ्च ?

कर्णली प्रदेशभित्र बसोबास गर्ने सचेत नागरिकहरु जो बर्तमान दलाल पुजिवादी ब्यबस्थाको बिकल्प समाजवाद चाहान्छन ती सम्पुर्ण का स्वरहरुको एकीकृत तागत को रुपमा कर्णाली समाजवादी मञ्च को जन्म भएको हो ।

बर्तमान ब्यबस्थाको अग्रगामी बिकल्प चाहाने परिबर्तनकामी शक्तीहरुको साझा संगठनहो समाजवादी मञ्च । यसो भनिरहदा किन अाबश्यक प-यो भन्ने पनिप्रश्न उठ्न सक्छ । दलाल पुजिवादले नेपाली जनता लाई जुनप्रकारले भ्रमदिन खोजिरहेको छ ।
कि ब्यबस्था ठिक छ अबस्था बदल्नु पर्छ भनेर यो सरासर ढाट कुरा हो बर्तमान को नेपाली जनताको संकट जुनछ यो ब्यबस्थाको संकट हो जस्ले गर्दा अबस्थालाई निकै गम्भीर बनाएको छ ।
त्यस्का बिरुद्द बिकेन्द्रित आबाजहरु ले अराजक्ता बाहेक केही दिदैन बरु यस्ले दलाल पुजिवाद लाई नै प्रसय मिल्छ तसर्थ बर्तमान दलाल पुजिवादका बिरुद्द नेपाली बिशेषताको समाजवादको पक्षमा केन्द्रिकृत आवाज बुलुन्दगर्नकालागि कर्णाली समाजवादी मञ्च अति अाबश्यक परेको हो अर्थात बर्तमान परिस्थितीको उपज कर्णाली समाजवादी मञ्च हो ।
परिबर्तनको चाहाना ईक्छा बमोजिम आबश्यक पर्ने संस्थाहरु संस्थागत गर्ने कुनै खोज अनुसन्धान र योजना भएन भने उदेश्य र गन्तव्य चुम्न निकै मुस्किल अबश्य हुन्छ । अर्थशास्त्री डगलस नोर्थकै परिभाषा लाई आत्मासात गर्ने हो भने संस्था भनेको खेलको नियम हो ।

संगठन वा ब्यापारिक उधमहरु भनेका खेलाडीहरु हुन । नोर्थकै अनुसार संस्था भनेको बिचारलाई ब्यवहारमाउतार्ने समाजिक अभ्यास हो भने जस्तै कर्णाली समाजवादी मञ्च एकीकृत जनक्रान्तीको कार्यदिशालाई कार्यक्रम मार्फत सफलपरिणाम हासिल गर्ने हतियार हो अर्थात नेपाली बिशेषताको समाजवाद प्राप्तीका लागि समाजमा रहेका बिभिन्न तह र तप्काका समुदायलाई एकता बद्द गर्ने हतियार हो ।

 

किन आबश्यक छ कर्णाली समाजवादी मञ्च ?

अाजको कर्णाली ले आजकै बिशेषता लाई पकड्नु पर्छ । कर्णाली ले खेप्दै आएको आरोप भनेको परिस्थिती अनुसार अगाडि नबढ्नु हो । २००७ साल देखी २०४६ सालसम्म को ठूलो आलोचना लाई जनयुद्दले साफ गरिदियो ।

भनिन्छ बहुदल आएको केही महिना पछी मात्र कर्णालीमा थाहा भयो रे । किनकी तत्कालिन बहुदलवादीहरुको थोरै सहभागिता न्यून क्रियासिल्ता ले गर्दा होला यो आरोप खेपेको । १० बर्षको जनयुद्दमा कर्णालीका दुरदराजका बस्तीहरु युद्दमय हुदा हजारौ युवाहरु परिबर्तन को पक्षमा लामबद्दहुदा केन्द्रिय शाशकहरुलाई निकै ठूलो झड्का दिन सफल भयो परन्तु युद्द पुर्णरुपमा बिजयमा नपुग्दा पिडापुर्ण नकारात्मक घटनाहरु ब्यवहोरी रहेकै छौ ।

यी सबै तथ्यहरुले कर्णाली परिबर्तन को पक्षमा उठ्छ भन्ने बिश्वास समग्र देशलाई थाहा छ मात्र होईन नेपाली बिशेषताको समाजवाद प्राप्तगर्न यो मञ्चको अबधारणा कर्णाली ले लिएको छ । ठूलो उदेश्य प्राप्तगर्न साना साना बिशेषतामुलक संस्था पनि आबश्यक पर्छ अर्थात विशिष्ट मुद्दाहरुको पहिचान र समाधान गर्ने संस्थागत अबयव चाहिन्छ । त्यसैले कर्णाली समाजवादी मञ्च अाबश्यक मात्र होईन अनिबार्य भएको छ ।

यस्ले कर्णाली को एकीकृत बिकास पहिलो प्रथामिकतामा राख्दछ त्यो भनेको आफ्नै मौलिक सामजिक बिशेषता मा टिकेर कर्णालीमा रहेका बिभिन्न तह र तप्कालाई समाजवादको पिलेटफर्ममा ल्यउने काम गर्ने छ । केन्द्रीय शासकहरुको राजनितिक आर्थिक सामाजिक सास्कृती उपनिबेश को बिषयमा केन्द्रीकृत बहसको सुरुवात गर्ने छ । बिकेन्द्रि तर बुझाई र मुद्दामा मिल्ने धारणा र दृष्टिकोण भएका समुुदायको केन्द्रिकरण का लागि यो मन्च आबश्यक महसुस गरिएको हो ।

सामाजिक र सास्कृतिक रुपमा कर्णालीकै बलिया बिचौलिया हरुको एकाधिकार र मनपरि जुन छ यस्लाई तोड्दै समान प्रतिभाको बिकासमा केन्द्रित रहने यस्को लक्ष्य रहेको छ । आफ्नो बिचार र भावना ब्यक्त गर्ने चाहाना छ तर नेतृत्वदायी संस्था र संगठन छैन भन्नेहरुका लागि यो मञ्च जिवनबुटी हुने बिश्वास का साथ अाबश्यक ठानी नेकपा कर्णाली प्रदेशको परिकल्पनामा जन्मिएको मञ्च हो ।

कुन क्षेत्रको सहभागीता अाबश्यक छ मञ्चमा ?

आनिबार्यतया यस्मा दर्शनको नियम लागू हुन्छ । दन्द्दात्मकभोतिकवादको तेस्रो नियमको रुपमा स्थापित निषेधको निषेधनियम अनुसार यस्को प्रकृया अगाडि बढ्छ । यस्काअनुसार जब पुजिपती बर्ग र सर्बहाराबर्ग बिचको संघर्ष उत्कर्षमा पुग्छ , एउटा ले अर्कोलाई निषेधगर्ने चरणमा पुग्छन जस्तोकी अादिम साम्यवाद निबर्गिय समाजथियो । त्यस्लाई बर्गिय समाजले अन्त वा निषेध ग-यो ।

अब बर्गिय समाजलाई निषेध गरेर बर्गबिहिन समाज अाउछ त्यो भनेको समाजवाद हो । यदी यो सत्यलाई आत्मासात गर्ने हो भने बर्गिय उत्पिडन , क्षेत्रियउत्पिडन , जातियउत्पिडनको मार खेपिरहेका समुदायका प्रतिनिधीहरु को अनिबार्य सहभागितामा कर्णाली समाजवादी मञ्च बन्छ । किनभने मकै को फलाउन धान रोप्नु नितान्तै गलत हुन्छ मकै फलाउन मकै नै रोप्ने र मकै फलाउन मकै लाई नै नष्ट गरेर दाना बाट क्युन्टल मकै फल्छ भने जस्तै जुन समुदाय उत्पिडन मा छ अन्यायमा परेको छ त्यही समुदाय अगाडि नबढेर अधिकार खोजियो भने सम्भव हुदैन ।

समाजवाद भनेको निबर्गिय ब्यबस्था हो । समाजवादमा भेदभाव हुदैन । समाजवादमा पुर्ण प्रजातन्त्र प्राप्त हुन्छ समाजवादमा अभाव को जीवन ज्युनु पर्ने बाध्यताको अन्त हुन्छ । समाजवाद भनेको आजसम्मका प्रयोगमाआएका ब्यबस्थाहरु मध्य सबैभन्दा उत्कृष्ट ब्यबस्था हो । यो ब्यबस्था चाहाने सम्पुर्ण शक्ति कर्णाली समाजवादी मञ्चका सदस्य हुन्छन । डाक्टर, ईन्जिनियर, प्राध्यापक, प्रोफेसर, वकिल , शिक्षक, कर्मचारी , बुद्धिजीवी , व्यापारी , पत्रकार , मानवअधिकारकर्मी लगायत किसान ,मजदुर र बिशेषगरी युवाहरु यो सम्पुर्ण क्षेत्रको सहभागिता बिना कर्णाली समाजवादी मञ्च पुर्ण हुदैन यही परिकल्पना सहित यो मञ्च गठन गरिएको हो ।

सम्भावना र चुनौतीहरु

कर्णाली समाजवादी मञ्चका चुनौतिहरु के के हुन ? भन्ने बिषयमा धेरै चर्चा गर्नु पर्दैन जस्तो लाग्छ किन भने समग्र देश निर्माणको लागि जे जति चुनौतीहरु छन ती चुनौती हरु भन्दा फरक चुनौतीहरु बिल्कुल छैनन । कुनै पनि बस्तुको जति जति बिकास हुँदै जान्छ त्यति त्यति प्रतिपक्षहरु को पनि सक्रियता घेराबन्दी जालझेल षडेन्त्र पनि बढ्दै जान्छन । कर्णाली ले समाजवादका पक्षमा जसरी सोचिरहेको छ , लागीरहेको छ र बढीरहेको छ यस्का बिरुद्द भ्रम , षडेन्त्र र जालझेल हरु पनि हुनेछन हुँदै जान्छन यस्लाई धुजाधुजा पारेर समग्रकर्णाली का राष्टप्रेमी समाजवादी हरु लाई समयमै एकताबद्द गर्ने चुनौती नै पहिलो चुनौती हो ।

दोस्रो चुनीती भनेको दलाल पुजिवादबाट आजित भएका समुदायहरुको माँझ पुग्ने र समाजवादको बिषयमा स्पस्ट पार्ने र तिनिहरुलाई संगठित गर्ने चुनौती हो तेस्रो चुनौती भनेको संगठित मासको कुसल नेतृत्व गर्ने र निरन्तरता दिईरहने चुनौती हो ।

चौथो चुनौती भनेको कर्णाली लाई नेकपाको राष्ट्रिय उत्पादन को नीति संग जोड्ने र परिणाम हासिल गर्ने चुनौती तत्कालका कर्णाली समाजवादी मञ्चका अगाडीका चुनौतीहरु हुन । चुनौती ले चुनौती मात्र थोपर्दैन सम्भावना पनि लिएरै आएको हुन्छ । चुनौती बिना को संगठन को कल्पनै गर्न सकिँदैन मात्रै चुनौतीलाई पन्छाउने निति ,नेतृत्व र कार्यदिशा भयो भने चुनौती सम्भावना मा बदल्न सकिन्छ जस्ले लक्ष्यलाई चुम्न मार्ग प्रसस्त गर्दछ ।
कर्णाली समाजवादी मञ्चका सम्भावनाहरु
कर्णाली समाजवादी मञ्च को पहिलो सम्भाना भनेको संसदिय घिन लाग्दो राजनितिक बाट आजित भएका सिङ्गो नेपाली नागरिक र कर्णाली बासी लाई बेलैमा सक्रियताका साथ समाजवादको बिषयमा स्पस्ट पार्न सकियो भने कर्णाली समाजवादी मञ्चमा यहाँका बुद्धिजीवी , कर्मचारी, युवा बर्ग, राष्टप्रेमी , किसान, मजदुर , ब्यपारी , राजनितिक दलमा आवद्ध भएका तर निस्कृयभएर बसेका निरासकार्यकर्ता समग्र लाई कर्णाली समाजवादी मञ्चमा गोलबन्द गर्न सकिने सम्भावना छ ।

दोस्रो सम्भाना भनेको गाउँगाउँमा सत्ताधारीको जनतालुट्ने होटवाजी बढेर सत्ता पक्षले आफ्नै कार्यकर्ता समेत लाई लुट्ने ठग्ने को बिगबिगी चलिरहेको बेला भण्डाफोर अभियान लाई तिब्रता दिने हो भने संघर्षमा जनसहभागिता निकै बढ्ने सम्भावना छ ।

तेस्रो सम्भावना चार मित्र समुदाय , चार मित्र बर्गको कुरा जुन नेकपा ले उठाएको छ त्यहा सम्म पुग्ने हो समाजमा रहेका समाजवाद बिरोधी भ्रष्ट तत्व ,लोभि , पापी र जनबिरोधी र राष्टप्रेमी ईमान्दार कम्युनिस्ट हरु बिचमा तिब्र धुब्रिकरण हुने सम्भावना । चौथो सम्भावना समाजवादी मोर्चा जुन छ यस्कालागी मञ्च सहयोगी हुने सम्भावना रहेका छन ।

निस्कर्ष

माथी उल्लेख गरिएझै कुनै पनि बस्तु को बिकास संघर्ष र चुनौतीबेगरहुनै सक्दैन । नयँ चिजको जन्म संग संगै चुनौती र संभावना लिएरै आएको हुन्छ । कर्णाली समाजवादी मञ्च जुनपरिकल्पना का साथ पणरयोगमा ल्याईएको छ यस्ले कर्णाली बासी लाई समाजवादी ब्यबस्था प्राप्तीको संघर्षमा सहभागी गराउने महत्वपुर्ण हतियारको काम गर्ने छ ।

यो परिकल्पना बर्तमान राज्य र जनता बिचको अन्तरबिरोध जुन कहालिलाग्दो ढंगले बढ्दै गईराखेको छ यस्को उचित र स्थाई समाधानको लागि गरिने संघर्षमा नेतृत्वदायी भुमिकाको सपोर्टिङ को काम गर्ने छ र सिङ्गो कर्णालीका सम्भावना र चुनौतीहरुको सही सही पहिचान गरि बस्तुनिष्ट बिकल्प दिन सक्ने अपेक्ष सहित निर्माण गरपएको कर्णाली समाजवादीमञ्चले कर्णालीका हरेक बिबिधता हरुको पहिचान गरि संस्थागत गर्ने मा पहल गर्ने छ कर्णाली मा रहेका बिबिधतायुक्त सस्कृती कला हरुको पहिचान , संरक्षण र बिकास मा जोडदिने छ ।

समग्रमा भन्नू पर्दा कर्णाली समाजवादी मञ्च का सम्भावना र चुनौतीहरु को ठिक ठिक ढंगले पहिचान गरि दलालपुजिवाद का बिरुद्द नेपाली बिशेषताको जागरण अभियान लाई जनजनमा पु-उनु र प्रत्यक जिलणला जिल्लामा रहेका मञ्चहरुको नृतृत्व गर्नु यस्को राजनितिक लक्ष्य हो भने तितरबितर भएर बसेका तर बर्तमान राज्यका जनबिरोधी गतिबिधी प्रती घुणा आक्रोस ब्यक्त गर्ने जुनसुकै तह र तप्काका समुदाय लाई एकता बद्द गर्नु यस्को उदेश्य हो भन्ने निष्कर्ष लाई समाजवादी शक्तीहरु ले बेलै मा बुझौ जागौ उठौ र गोलबन्द हौ जित समाजवादी हरुकै हुने छ ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।