करेन्ट लागेर बाजुरामा ३२ युवककाे मृत्यु
बाजुरा
बाजुराकाे जडाङ्गामा लाईन मर्मत गर्ने क्रममा एक ३२ बर्षिय युवाको उपचारकाे निम्ति अस्पताल पुर्याउएकाे केही बेरमै मृत्यु भएकाे छ ।
शनिबारको दिन जिल्लाको बडिमालिका नगरपालिका ६ काे जडाङ्गामा विधुत लाईन मर्मत गर्ने क्रममा साेहि नगरपालिका ७का ३२ वर्षीय मन बहादुर बिष्ट रहेको बाजुरा जिल्ला प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारि दिएका छन् ।
घाईते बिष्टलाई उपचारकाे लागि अछामको बयालपाटा अस्पतालमा पुगाएकाे केही समयमै मृत्यू भएको थियाे ।
घटनाकाे आबश्यक अनुसंन्धान चलिरहेको र उनकाे शव जिल्लामा ल्याउनको लागी जिल्ला बाट एम्बुलेन्स पठाई सकेको जिल्ला प्रहरी कार्यलय बाजुराले बताएकाे छ ।