भारत
भारतकाे महाराष्ट्र राज्यकाे उल्हासनगरमा एक ४ बर्षिय नेपाली बालिका माथि बलात्कारको पर्यास आराेपि पक्राउभारत
उल्लाहसनगर शहरमा ४ बर्षिय नेपाली बालिकामा बलात्कारको पर्यास गर्ने भारतीय नागरिक पक्राउ परेका छन ।
अछाम जिल्लाकाे तुर्माखाद गाँउपालिका का परिवर्तन नाम (दिपक) सह-परिवारसहित राेजगारिकाेलागि भारतकाे उल्हासनगरकाे एक अपार्मेन्टमा परिवार सहित राेजगारि गर्दै आएका थिय ।
शनिवार राति केही कामकाे सिलसिलामा बालिकालाई रुममा खेलिरहेकाे अवस्थामा छाडि केही कामकाे निम्ति बाहिर गएकाे माैका पारेर राजस्थान राज्यकाे पिथैला घर भएका अन्दाजी ३० बर्षिया युवाले ४ बर्षिय बालिकामाथि बलात्कार गर्न पर्यास गरिरहेकाे अवस्था छिमेकी साेसाईटीका व्याक्तिहरुले प्रहरीलाई फाेन गरेर खबर गरेका थिय ।
खबर पाए लग्तै समयमानै आएकाे प्रहरीले अभियुक्तलाई पक्राउ गरि अनुसन्धानकाे लागि थुनामा रखिएकाे थियाे ।
बालिकाको मेडिकल रिपोर्ट अनुसार बलात्कारकाे पर्यास गरियकाे पुष्टि भै सके पछि ती युवालाई पुर्पक्षकाे लागि जेल चलान गरिएकाे सेन्ट्रल पोलिस स्टेशन का वरिष्ठ पोलिस निरीक्षक शंकर आवतरे बताएका छन ।
पिडित परिवार सहित प्रवासी नेपाली सम्पर्क मंच भारत महाराष्ट्र राज्य सभापति राज रोकाया ,नगर समिति सभापति शंकर बिक ,नगर समिति का प्रवक्ता बखत विश्वकर्मा प्रहरी चाैकि पुगेर बालिका माथि यस्तै हर्कत गर्नेलाई कडाभन्दा कानुनि कार्वाही हुनु पर्ने माग गरेका छन ।