< Skip to content
२०८१ मंसिर ७ शुक्रबार
२०८१ मंसिर ७ शुक्रबार

भुलेर पनि भुल्न सकिँदैन ती दिनहरु

भुलेर पनि भुल्न सकिँदैन ती दिनहरु

लामो समय प्रवास बसाईलाई बिट मार्दै बैशाख अन्तमा म स्वदेश फर्किएको थिए।
मुम्बईको सामान्य गर्मी र ठण्डिमा बितिरहेका दिनहरु स्वदेश फर्किएर बैशाख जेष्ठको गर्मीले निकै पोल्न सम्म पोलिरहेको थियो।

तर पनि आफ्नो गाउँ आफ्नो भुमिमा जस्तोसुकै कुराहरु किन नहुन सजिलै सहन गर्न सकिदो रहेछ।साझ बिहान यसो आफ्नो काम तिर अनि दिउँसो तिर गाउँ भरिका सबै साथीहरू जम्मा भएर तास खेलेर मनोरञ्जन गरेका यादहरु भुल्न नसकिने भएका छन् ।जेष्ठ महिना मा निकै गर्मीले तताई रहेको थियो ।
४०/४२ डिग्रीको गर्मीमा हाम्रो घर अगाडिको चौकमा रहेको आपको रुखमा दिउँसो तिर गाउँ भरिका बुढापाखा देखि लिएर नौजवान सम्म सित्तल खान बस्नेहरुको लर्को नै हुने गर्थ्यो।त्यही चौकमा चिटिक्क परेको कमल भाटको खुद्रा पसल पनि थियो।बैशाख जेष्ठको अति गर्मीको समयमा त्यही पसलमा फ्रीजमा चिसो बनाएर राखेको पानीका बोत्तलहरु त अनगिन्ती रुपले पिईयो।
आपको रुखको फेदिमा एउटा टेबुल अनि चारै तर्फ ४ वटा कुर्सी लगाएर मज्जाले तास खेलिन्थ्यो ।हावा पनि लाग्ने सित्तल पनि त्यहीँ अनि गाउँ भरिका बुढापाकाहरुको बस्ने स्थान पनि त्यहीँ भएका कारण पनि त्यो चौकमा मान्छेहरुको कमि कहिल्यै देखिएन।
त्यसै माथी आपका दानाहरु भुत्त झर्ने गर्थे भने तातो गर्मीमा अमिलो हुने सानासाना आपका दानाहरु खोज्न हामिहरु निकै हतारिन्थयौ।तास खेल्ने खेलाडीहरु भन्दा पछाडि बाट हेर्ने दर्शकहरुको संख्या अधिक हुने गर्थ्यो।तासमा भने काट पत्ता फ्लास जस्ता खेलहरु नखेलेर केवल कल ब्रेक मात्र खेलिन्थ्यो ।किनकि त्यो खेलमा न पैसा जान्थ्यो न कर्ज नै लाग्थ्यो तर रमाईलो भने असाध्य नै हुने गर्थ्यो।

 

खडक साउदलाई जतिखेर पनि हुकुमको एक्काले नछाडेको झल्कोहरु आज भोलि पनि बिधितै छ।पदम साउदले मलाई मात्र पेल्ने भन्दै दुई ताल खेलेर आधा मै छाडेर घर गएको याद पनि जिउदै छन् ।हा हा माल्या हा हा भन्दै पहल साउदलाई ६ हातमा ब्रेक लागेको याद त झन नमेटिने खालको छ।
त्यस्तै कमल भाटले १६ वटा खेल खेल्दा पनि १ गेम पनि नखाएको ईतिहास पनि लेखिएको नै छ ।डयुटी बाट छुट्टी लिएर भए पनि भक्त भाटले गेम खेलेको पनि उत्तिकै याद छ।सामुदायिक बनको छेउमा बसेर खेल्दै गर्दा रमेश साउदले चपलिङ खाएको होस अथवा चक्र साउदले खाएको डबल होस सधैभरिका लागि यादगार बनेका छन् ।

स्वयम् म आफैले २/२ टाईडको अंकमा खाएको डबल गेमले पनि उत्तिकै झल्को आईरहेको हुन्छ ।खेल खेल्न खुब रुचि राख्ने तर खेल्दा एक गेम पनि नखान सक्ने हर्क साउदको पनि रेकर्ड नै भएको छ।
आफुले जिते रोकेर जाने तर अलिकति हार्दा खेल सकिने बित्तिकै घर दगुर्ने माईला झंकर साउदको पनि उस्तै कहानी छ।खेल खेल्दै गर्दा अरुण जागिरिको बुवा टुपलुक्कै आएर अरुण लाई सम्झाउदै मनोरञ्जन गर केही हुदैन कति पैसा जाला र १००/२०० जाने त हो भनेर अरुण लाई हौसला दिएको पनि उत्तिकै याद छ।

३ तालमा ३ पटक ब्रेक गएर अन्तिममा भर्न नसकेर डबल तिर्ने बिजय साउदको पनि ठुलो रेकर्ड नै रहयो।भर्खरै नेपाली सेनाको तालीम बाट गर्मि बिदा लिएर आएको भाई बिरे ऎर को संग पनि रमाईला दिनहरु बिते।त्यस्तै जिग्री भनेर उपनामले चिनिने गणेश साउदले पनि खुब मनोरञ्जन गराएका यादहरु यथावत नै छन् ।

मोहन साउदले झोलको नसामा तास खेल्दा डराएर १/२ हात भन्दा बढी नहानेका यादहरु झल्किरहेका छन् ।अषाढ लागेदेखी रोपाईको चटारोमा लागेका गाउँ वासिहरुले रोपाई सुरु गरेको १५/२० दिनमै रोपाई सकिसकेका थिए भने जब कामको अन्त्य भयो तब अनि गाउँ घरमा देश बिदेश बाट आएका युवाहरु फेरि रोजगारीको गन्तव्यमा पुग्न यात्रा सुरु गर्न थाले।

अधिक गर्मी छल्न पिकनिक पारामा माछा मार्न राजघाट गएको हाम्रो टोलिले माछा र पिकनिक खाएर असाध्यै रमाईलो गरिएको पनि थियो।रोपाई सकिएका केही दिनमै गाउँ नै खाली हुँदै गएको थियो भने त्यही समयमा हाम्रो ठुलो टोलि पनि रोजगारीको लागि भारत तर्फ प्रस्थान गर्दै गाउँ बिताईएका ती रोमाञ्चक दिनहरु लाई यादगार बनाउदै जन्म भुमी बाट कर्म भुमिको यात्रा सुरु गरिएका थिए।

यो बर्ष गाउँ रमाईलो गर्ने सम्पुर्ण लाई हार्दिक धन्यवाद भन्दै कलमको लेखाईलाई यहि रोकिदिए।

करन साउद गौरिगंगा नपा ७ महुलिया कैलाली नेपाल ।

Picture of Darsan Nepal

Darsan Nepal

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।