कार्तिक
स्पेनकाे भ्यालेन्सिया र वरपरका क्षेत्रहरुमा बाढीकाे कारणले २११ जनाको मृत्यु भएको छ ।
भारि बर्षाकाे कारणले दशकौँ यताकै सबैभन्दा घातक बाढीले गर्दा शहर डुब्नुकाे साथै घरहरु भत्केकाे कारणले अँझै मृत्युहुने संख्या बढ्न सक्ने अनुमान गरिएकाे छ ।
भत्किएका घरहरुबाट जीवित व्यक्तिहरू भेट्टाउने आशा कम रहेकाे संञ्चार माध्यामले बताएका छन ।
बाढी प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा उद्धारकाे निम्ति १० हजार सैनिक र प्रहरी खटाइ सकेकाे स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले संञ्चार माध्यामला जानकारी दिएका हुन ।
दशकौँ यताकै सबैभन्दा घातक यस प्रकारको विपत्तिका कारण पानीमा डुबेका शहरहरू र भत्किएका पूर्वाधारहरूबाट जीवित व्यक्तिहरू भेट्टाउने आशा क्षीण भएको छ।
युरोपमा यस शताब्दीको दोस्रो सबैभन्दा ठुलाे घातक बाढी आएकाे र राहत तथा उद्धार कार्यकाे लागि सुरक्षा कर्मि लगाय राहत सामाग्रीहरु पठाएकाे स्पेनकाे प्रधानमन्त्री कार्यालयले जानकारि दिएकाे छ ।
प्रभावित ठाउँहरुमा खाद्यान्न, बिजुली , खानेपानी लगाएत अन्य अत्तिआवश्यक सामाग्रीहरु समयमा नपुग्दा बाढी पिडितहरु थप प्रभावित भएकाे स्थानीय बासिन्दाहरुले गुनासाे व्यक्त गरेका छन ।