काठमाडौ/
नेपाल कम्युनिस्ट पार्टीले एमसीसी परियोजना अन्तर्गत नेपालस्थित एमसीएका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टलाई परियोजनामा संलग्नताबारे पुनर्बिचार गर्न माग गरेको छ।बुधबार नेकपा स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम इन्चार्ज भरत सीद्वारा प्रेषित पत्र मार्फत देशको शान्ति र समृद्धिका लागि उक्त आयोजना घातक हुने भन्दै यस्तो आयोजनामा संलग्नताबारे पुनर्बिचार गर्न भनिएको हो।
इन्चार्ज भरत सीद्वारा नेपाल स्थित एमसीए निर्देशक बिष्टलाई लेखिएको पत्रमा ” एमसीसी परियोजना अत्यधिक विवादित परियोजना भएको र यसले नेपाललाई विश्व शक्तिकेन्द्रको खेलमैदान तथा द्धन्दस्थल बनाउने स्पष्ट नै छ”भनिएको छ।
पत्रमा देशको `शान्ति र समृद्धिका लागि घातक मानिएको एमसीसी अन्तर्गत एमसीएको जिम्मेवारीबारे पुनर्बिचार गर्न भन्दै यसले ल्याउने दिर्घकालीन भयावह परिणामलाई मध्यनजर गर्दै समयमै ध्यान दिन जरुरी ठान्दछौं ´ समेत भनिएको छ।
अमेरिकाको रणनीतिक स्वार्थसङ्ग जोडिएको र नेपालमा बिबादित हुँदाहुँदै संसदबाट पारित गर्न लगाइएको उक्त आयोजनाबारे नेपाल कम्युनिस्ट पार्टीले बिरोध गर्दै आएको छ।
नेपाल भारत र चीन जस्ता दुई ठुला छिमेकीहरुको बिचमा अवस्थित हुनु, एमसीसीको प्रमुख उदेश्य चीनको संभावित उदयलाई रोक्न हिन्द प्रशान्त सैन्य रणनीतिमार्फत चीनलाई दबाब दिने वा घेरा हाल्ने रहेको र नेपालको बिदेश नीति पञ्चशीलता, असंलग्नता,छिमेकीसङ्ग असल सम्बन्ध कायम गर्दै बिश्वका सबै देशहरूसङ्ग मित्रवत ब्यवहार गर्ने रहेको सन्दर्भमा बिश्वका शक्ति रास्ट्रहरुको आपसी टक्कारमा कुनै पनि प्रकारको सैन्य गठबन्धनमा समाहित हुने कुरा देशको दीर्घकालीन हितका लागि प्रतिउत्पादक एवम् घातक हुने भन्दै नागरिक स्तरमा समेत उक्त आयोजनाको बिरोध हुँदै आएको छ ।
पछिल्लो समय इजरायल- प्लेस्टाइन द्वन्द, युक्रेन युद्ध, इजरायल- इरान तनाव लगायतका संघर्षहरुमा अमेरिका , रूस, चीन जस्ता शक्ति रास्ट्रहरुको प्रत्यक्ष संलग्नता बढ्दै गएको र तेस्रो बिश्वयुद्दको खतराको संकेत मडारिरहेको बौद्धिक चर्चाकाबीच नेपाल जस्ता भू राजनीतिक चुनौती सामना गरिरहेका देशहरूले चुस्त र बिश्वसनीय बिदेशनीति मार्फत काम गर्न अनिवार्य देखिन्छ। कुनैपनि सामरिक गठबन्धनमा जोडिने कुरा निकै चुनौतीपूर्ण हुने कुरा निश्चित छ।
एमसीएका कार्यकारी निर्देशक खड्गबहादुर बिष्ट सुदुरपश्चिम बासी भएकोले देशको लागि खतरा मानिएको आयोजनाको संलग्नताबारे पुनर्बिचार गर्न भनि आफुहरुले पत्राचार गरेको नेकपा सुदुरपश्चिम इन्चार्ज भरत सीले प्रतिक्रिया दिएका छन् ।
यस्तो छ नेकपाद्वारा बिष्टलाई गरिएको पत्राचारको पूर्णपाठ: