२८ असोज
बझाङ
बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल टेलिकम (एनटीसी) को टावर माथि अज्ञात समूहले ताेडफाेड गरि क्षति पुर्याोउँदा करिब एक हप्तादेखि सञ्चार सेवा प्रभावित भएको छ ।
खत्रीवाडा माझीगाउँमा रहेको नेपाल टेलिकमको टावरमा प्रयोग भएका ब्याट्री, तार, सोलार प्यानल लगायतका विद्युतीय उपकरणमा अज्ञात समूहले यही असोज २३ गते क्षति पुर्यासएको थियो ।
रिपिटर टावरमा तोडफोडपछि खप्तडछान्ना गाउँपालिका र आसपासका बासिन्दा समेत मोबाइल, टेलिफोन र इन्टरनेट सेवाबाट बन्चित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी इन्सपेक्टर लोकेन्द्र सिंह ठगुन्नाले टेलिकमको टावरमा क्षति पुर्याीउनेहरुको पहिचान नभएको र अनुसन्धान जारी रहेको बताए र मुचुल्का गरेर अनुसन्धान जारी रहेकाे तर अहिलेसम्म कसैलाई नियन्त्रणमा भने नलिएको प्रहरी कार्यालय बझाङ ले बताएकाे छ ।