काठमाडौं
४३ वटा युट्यूब च्यानललाई कारबाही गर्न प्रेस काउन्सिलद्वारा साइबर ब्यूरोलाई पत्राचार
काठमाडौँ —प्रेस काउन्सिल नेपालले भ्रामक र अमर्यादित सामाग्री सम्प्रेषण गर्ने ४३ युट्युब च्यानललाई कारबाही गर्न नेपाल प्रहरिकाे साईबर ब्युराेलाई पत्राचार गरेकाे छ।
अतिरञ्जित, अश्लील सामाग्री सम्प्रेषण गरेकाे र काउन्सिलमा समेत सञ्चारमाध्यामका रुपमा दर्ता नभएकाले त्यस्ता गलत सामाग्रीहरु सम्प्रेषण गर्ने माथि कारबाही गर्न प्रहरीलाई पत्रचार गरेकाे काउन्सिले जनाएकाे छ।
अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको आचारसंहिता अनुगमन उपसमितिले हिंसा, आतडकलाई प्रश्रय पुग्ने हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेल (Thumbnail) सहितको शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने, त्रमित पार्ने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएउने भएकाे हाे ।
काउन्सिलले गत चैत २० गते देखि युट्युब व्यावस्थापन अभिलेखिकरण सम्बन्धि कार्यविधि बनाई नियमित अनुगमन र काम कारवाहि गर्दै आएकाे र काउन्सिलले दिएकाे निर्देशन बिपरित कार्य गर्ने तीन ओटा सञ्चारमाध्यमलाई मालाेसुचीमा राखि सकेकाे विज्ञप्तिमा उल्लेख गरेकाे छ ।
मालाे सुचीमा पर्ने सञ्चारमाध्यमहरु यश प्रकार रहेका छन ।
१ टिभि अन्नपूर्ण डटकम
२ सेताेखरि डटकम
३ एबीपीक्राइमन्यूज डटकम रहेका छन ।