काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमिन ईश्वर चन्द्र चौलागाईलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
जग्गा कित्ताकाट गर्ने सिफारिस गर्न प्रयाेजनका लागि सेवाग्राही बाट बीस हजार घुस लिएकाे अवस्थामा नियन्त्रणमा लिएकाे अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताएका छन ।
आयोगले सोमबार तारकेश्वर नगरपालिकामा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाई उक्त रकम र श्रोत नखुलेको चौतीस हजार रुपैयाँसहित चौलागाईमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।