< Skip to content
२०८१ मंसिर ८ शनिबार
२०८१ मंसिर ८ शनिबार

सबै उत्पीडित जाति र समुदायलाई समाजवादी व्यवस्थाले मात्रै मुक्त दिन सक्छ: विप्लव

बिमर्श

कपिलवस्तु

नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले उत्पीडितमा परेका सबै जाति र समुदायको पूर्ण मुक्ति समाजवादी व्यवस्थाले मात्र दिन सक्ने बताएका छन् ।मङ्गलबार कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजित
`समाजवादी मधेसी मुक्ति मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेला´लाई सम्बोधन गर्दै महासचिव विप्लवले पुँजीवादी व्यवस्था अन्तर्गत बर्गिय, जातीय,क्षेत्रीय र लैङ्गिक उत्पीडनको अन्त्य गर्ने कुरा असंभव रहेको बताए।

भेलालाई सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले मधेसमा अहिलेपनि जमिन्दारहरुले नै सत्ताको नियन्त्रण गरिरहेको भन्दै अब उत्पीडिनमा पारिएका जनताहरुको नेतृत्व समाजवादी मधेसी मुक्ति मोर्चा नेपालले गर्नुपर्ने बेला आएको समेत बताए।

नेपालमा अहिले आर्थिक, सामाजिक ,राजनीतिक र सांस्कृतिक लगायत समग्र क्षेत्र संकटपूर्ण दिशामा धकेलिएको र यसका पछाडि आजको भूराजनीति,अमेरिका चीनबीचको बढ्दो टक्करका कारण उत्पन्न परिस्थिति समेत जोडिएको सन्दर्भ उल्लेख गर्दै महासचिव विप्लवले अहिले देशको स्वाधीनतामाथि अमेरिकी हस्तक्षेप निरन्तर बढ्दै गएको बताए।

अहिले एकध्रुवीय भनिएको अमेरिकी व्यवस्थामा संकट मडारिरहेको , चीनले निरन्तर प्रगति गरिरहेको र विश्वव्यापी उसको प्रभाव बढिरहेको र त्यसलाई रोक्न र आफ्नो संकटलाई टार्न अमेरिकाले चीनलाई घेर्ने सैन्य रणनीति अनुसार नेपालमा एमसीसी, एसपीपी, लागू गर्न खोजिरहेको उल्लेख गर्दै विप्लवले अब देशभक्त शक्तिहरुबीच सहकार्यको खाँचो रहेको बताए।

नेपालको संसदले एमसीसी पास गरेपनि जनताको चौतर्फी बिरोध र दबाबका कारण उनीहरुले एसपीपी पास गर्न नसकेको, देशको अहिलेको प्रधान अन्तरबिरोध साम्राज्यवादी उत्पीडन एवम् दलाल पुँजीवादसङ्ग भएकोले समाजबादी क्रान्ति आगामी कार्यदिशा भएको महासचिव विप्लवको भनाइ थियो।

नेपाल कम्युनिस्ट पार्टीले मजदुर, किसान,मध्यम वर्ग र रास्ट्रीय पुजीपती बर्गलाई समाजबादी क्रान्तिका ४ आधार बर्ग,कम्युनिस्ट, देशभक्त,समाजवादी र सच्चा लोकतान्त्रिक शक्तिलाई ४ आधार शक्ति एवम् जनजाति , खसआर्य, मधेसी, मुस्लिम, श्रमिक समुदाय र महिलालाई ६ मित्र समुदाय भन्दै यसअघि नै परिभाषित गरिसकेको छ।

समाजवादी मधेसी मुक्ति मोर्चा नेपालको दोस्रो राष्ट्रिय भेलाले बिनोद उपाध्यायको संयोजकतवमा १७ सदस्यीय सम्मेलन आयोजक समिति बनाएको छ।

नेकपा केन्द्रीय कार्यालय सचीव तथा पीबीयम बिजय सी ,केन्द्रिय सदस्यहरु सुशील सी, संगम सी , प्रतिनिधि समिति सदस्य सुस्मा सी अतिथि रहेको उक्त भेलाको नेकपा स्थायी समिति सदस्य एवम् जातीय क्षेत्रीय मोर्चाका संयोजक सन्तोष सीले सञ्चालन गरेका थिए भने कार्यक्रमको अध्यक्षता बिनोद सीले गरेका थिए।

Picture of Darsan Nepal

Darsan Nepal

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।